Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

हमाललाई रवीन्द्र मिश्रको शुभकामना : 'तपाईं सक्षम र दूरद्रष्टा हुनुहुन्छ'

हमाललाई रवीन्द्र मिश्रको शुभकामना : 'तपाईं सक्षम र दूरद्रष्टा हुनुहुन्छ'

  • आइतवार, जेठ ८ २०७९

  • 617
    SHARES

  • हमाललाई रवीन्द्र मिश्रको शुभकामना : 'तपाईं सक्षम र दूरद्रष्टा हुनुहुन्छ'

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बन्दै शानदार विजय हासिल गरेका गोपाल हमाललाई बधाई दिँदै धनगढीलाई देशकै नमुना बनाउने अभियानको सफलताका लागि शुभकामना दिएका छन् ।

    हमाल विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजकबाट राजीनामा दिएर धनगढीको मेयरमा स्वतन्त्र चुनाव लडेका थिए । उनी गठबन्धनका उम्मेदवार नृपबहादुर वडलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका छन् ।

    हमाल विजयी भएपछि सामाजिक सञ्जालमार्फत बधाई दिँदै मिश्रले भ्रष्टाचारीलाई जेल पठाउने कार्यमा पनि सफल हुन शुभकामना दिएका छन् ।

    kppp.PNG


    आइतवार, जेठ ८ २०७९१०:३५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij