काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद रामनारायण बिडारीले गठबन्धनबाट पार्टीलाई फाइदा-बेफाइदा भन्दा पनि कम्युनिस्टको खोल ओडेर प्रतिगामी काम गर्नेहरूलाई सबक सिकाएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले भने,“मत परिणामले गठबन्धनलाई फाइदा-बेफाइदाभन्दा पनि कम्युनिस्टको खोल ओडेर प्रतिगामी काम गर्नेहरूलाई सबक सिकाउन सफल भएको छ, सम्रगमा गठबन्धन सफल भयो भन्छु ।”
पाँच दल मिल्दा पनि धेरै ठाउँमा त गठबन्धनलाई एमालेले झापड हान्यो नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता बिडारीले भने,“ तपाईले भनेको कुरामा यसो हो, भोट भन्ने कुरा मत भन्ने कुरा नआउने, शून्य हुने भन्ने हुँदैन, ठाउँ-ठाउँमा हिजोका पञ्च चुनाव लडेर जितेका छन त्यसको मतलब के अब पञ्चायत फुर्काउनुपर्छ भनेको हो र ? ।”
उनले पाँच दल एकातिर एमाले एकातिर नभएर प्रतिगामी सात दल एकातिर पाँच दलीय गठबन्धन अर्कोतिर भएको दाबी गरेका छन् ।