Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

भरतपुरमा रेनुले मतान्तर फेरि फराकिलो पारिन्

भरतपुरमा रेनुले मतान्तर फेरि फराकिलो पारिन्

  • शनिवार, जेठ ७ २०७९

  • 1.3K
    SHARES

  • भरतपुरमा रेनुले मतान्तर फेरि फराकिलो पारिन्

    काठमाडौं - भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६ हजार ५०० मतको अग्रता कायम गरेकी छन् । ७९ हजार ९१० मतको गणना गर्दा रेनुले ३१ हजार १२२ मत पाएकी छन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् ।

    त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १४ हजार ४२७ मतको अग्रता लिएका छन् । उनले ३३ हजार ५३१ मत पाउँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङले १९ हजार १०४ मत पाएकी छन् ।

    भरतपुरमा अहिलेसम्म वडा नम्बर १ देखि १४ सम्मको गणना सकिएको छ । वडा नम्बर १५ र १६ को मतगणना भइरहेको छ ।


    शनिवार, जेठ ७ २०७९०७:५८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij