Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

गठबन्धन सफल भयो, प्रदेश र संघीय चुनावसम्मै जान्छ : प्रचण्ड

गठबन्धन सफल भयो, प्रदेश र संघीय चुनावसम्मै जान्छ : प्रचण्ड

  • शनिवार, जेठ ७ २०७९

  • 1.1K
    SHARES

  • गठबन्धन सफल भयो, प्रदेश र संघीय चुनावसम्मै जान्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल भएको र यसलाई प्रदेश र संघीय चुनावसम्मै लैजाने बताउनुभएको छ ।

    भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मेयरमा विजयी भएका जनप्रतिनिधिलाई प्रचण्डको निवास खुमलटारमा बधाई दिँदै गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा शुरू गर्न खोजेको बताउनुभएको हो ।

    मध्यपुर थिमीमा कांग्रेस र माओवादीले गठबन्धन गरेको थियो । नगरपालिकाको प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् ।

    मध्यपुर थिमी भक्तपुरको एउटा ऐतिहासिक नगरपालिका भएको र जनप्रतिनिधिले जनताको पक्षमा हुनेगरी गरेको कामको प्रभाव र असर सिंगो भक्तपुरमा पर्ने भएकाले सोही अनुसार काम गर्न पनि प्रचण्डले निर्देशन दिनुभएको छ ।


    शनिवार, जेठ ७ २०७९१२:४४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij