Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

भरतपुर अपडेट : झन्डै ६१ हजार मत गणना हुँदा रेनुले बनाईन् फराकिलो मतान्तर

भरतपुर अपडेट : झन्डै ६१ हजार मत गणना हुँदा रेनुले बनाईन् फराकिलो मतान्तर

  • शुक्रवार, जेठ ६ २०७९

  • 1.4K
    SHARES

  • भरतपुर अपडेट : झन्डै ६१ हजार मत गणना हुँदा रेनुले बनाईन्  फराकिलो मतान्तर

    काठमाडौं - चितवनको भरतपुर महानगरपालिकामा झन्डै ६१ हजार मत गणना भएको छ। ६० हजार ९ सय २५ मत गणनामा मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३४३२ मतको अग्रता लिएकी छन्।

    उनले २३ हजार १५४ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १९ हजार ७२२ मत ल्याएका छन्।

    कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ५१३ मत पाएका छन्।

    उपमेयमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले २५ हजार ३९२ मत पाएका छन् भने एमालेको समर्थन रहेकी राप्रपाकी हिमला गुरूङले १५ हजार ५३८ मत ल्याएकी छन्।

    मतगणना जारी छ।


    शुक्रवार, जेठ ६ २०७९०६:५८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij