Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री र कानुनमन्त्रीले गरे जसपाका नेता यादवसँग भेट, के भयो छलफल ?

गृहमन्त्री र कानुनमन्त्रीले गरे जसपाका नेता यादवसँग भेट, के भयो छलफल ?

  • शुक्रवार, जेठ ६ २०७९

  • 537
    SHARES

  • गृहमन्त्री र कानुनमन्त्रीले गरे जसपाका नेता यादवसँग भेट, के भयो छलफल ?

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।

    ललितपुर हात्तीबनस्थित यादव निवासमा भएको भेटमा नागरिकता विधेयक, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।

    प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषय भेटको प्रमुख उद्देश्य थियो । दलीय सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा भएको कुराकानी सकारात्मक भएको छ । गृहमन्त्री खाँणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका छन् ।

    यसअघि मन्त्रीद्वयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । सरकारले दलीय सहमतिमा संसद्को जारी अधिवेशनमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ ।


    शुक्रवार, जेठ ६ २०७९११:३९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij