Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमण अझै भएन शुन्य

कोरोना संक्रमण अझै भएन शुन्य

  • बिहिवार, जेठ ५ २०७९

  • 610
    SHARES

  • कोरोना संक्रमण अझै भएन शुन्य

    काठमाडौं - पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५८० जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ४७ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो । आज कसैको मृत्‍यु भएको छैन ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर १५० जना सक्रिय संक्रमित रहेका छन् ।

    बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २४७ पुगेको छ ।

    योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ९३८ जना संक्रमणमुक्त भएका छन् ।


    बिहिवार, जेठ ५ २०७९०६:३१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij