Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सभामुखको निर्देशनपछि बजेट छलफलमा उपस्थित भए अर्थमन्त्री

सभामुखको निर्देशनपछि बजेट छलफलमा उपस्थित भए अर्थमन्त्री

  • बिहिवार, जेठ ५ २०७९

  • 547
    SHARES

  • सभामुखको निर्देशनपछि बजेट छलफलमा उपस्थित भए अर्थमन्त्री

    काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनपछि अर्थमन्त्री जनार्दन शर्मा बजेट छलफलमा उपस्थित भएका छन् । प्रमुख प्रतिपक्षी दलको चासो सम्बोधन गर्नेक्रममा सभामुख सापकोटाले विनियोजन विधेयकमा उपस्थित हुन अर्थमन्त्रीलाई निर्देशन दिएका थिए ।

    यसअघि, एमाले नेता विशाल भट्टराईले विनियोजन विधेयकको छलफलमा अर्थमन्त्री नै उपस्थित नभएको बताउँदै उनको खोजि गरेका थिए ।

    ‘अर्थमन्त्री बिना कसरी विनियोजन विधेयकमा छलफल गर्नु,’ उनले प्रश्न गरेका थिए । प्रतिपक्षी दलले अर्थमन्त्री खोजेपछि सभामुख सापकोटाले छलफलमा उपस्थित हुन निर्देशन दिएका थिए ।

    प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ८ बमोजिम सम्बन्धित मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थिति हुनपर्ने व्यवस्था छ ।


    बिहिवार, जेठ ५ २०७९०२:४५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij