Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना : आज थप ६४१ जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्र १७२ जना थपिए

नेपालमा कोरोना : आज थप ६४१ जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्र १७२ जना थपिए

  • आइतवार, श्रावण ३२ २०७७

  • 523
    SHARES

  • नेपालमा कोरोना : आज थप ६४१ जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्र १७२ जना थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । उनीहरुमध्ये १०४ जनाको मृत्यु भएको छ भने १७ हजार ३३५ जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७२ जना संक्रमित थपिएका छन् । काठमाडौैं जिल्लामा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै मोरङमा १०० जना संक्रमित थपिएका छन् । बाराका ७८, पर्साका ७४, रुपन्देहीका ४८, धनुषाका ३७, चितवनका २७, रौतहटका १४, सप्तरी र कास्कीका ११–११ जना, बाँकेका १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    नवलपरासी र महोत्तरीका ८–८ जना, कञ्चनपुर र तनहुँका ५–५ जना, दाङका ४, कैलाली बर्दिया र सिराहाका ३–३ जना, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २–२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, मकवानपुर, बाग्लुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङका एक–एक जना संक्रमित भएका छन् ।


    आइतवार, श्रावण ३२ २०७७०५:२९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij