Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपालगञ्ज उपमहानगरमा कांग्रेसका प्रशान्त विष्ट जित नजिक

नेपालगञ्ज उपमहानगरमा कांग्रेसका प्रशान्त विष्ट जित नजिक

  • बिहिवार, जेठ ५ २०७९

  • 542
    SHARES

  • नेपालगञ्ज उपमहानगरमा कांग्रेसका प्रशान्त विष्ट जित नजिक

    काठमाडौं - नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका साझा उम्मेदवार प्रशान्त विष्ट जित नजिक पुगेका छन्।

    उपमहानगरपालिका २३ वडामध्ये १८ वडाको मतगणना सकिँदासम्म विष्ट १६५५९ मतका साथ अगाडि छन्।

    नेकपा एमालेका पशुपतिदयाल मिश्रले अहिलेसम्म जम्मा ८०५० मत प्राप्त गरेका छन्।

    नेपाली कांग्रेसका नेपालगञ्ज नगर सभापति विष्ट एमालेका मिश्रभन्दा ८५०९ मतान्तरले अगाडि छन्। त्यस्तै, राप्रपाका नन्दलाल बैश्यले ६३८५ मतका तेस्रो स्थानमा छन्।

    त्यस्तै, उपमेयरमा गठबन्धनबाट जसपाका कमरुद्दिन राई १२५४३ मतका साथ अगाडि छन्। यहाँ राप्रपाकी विन्दु चर्ती मगर ८४३१ मतका साथ दोस्रो स्थानमा छिन्। राई र मगर बीचको मतान्तर ४१२२ रहेको छ।

    उपमेयरमा एमालेकी शान्तिदेवी ढकालले ७४०१ मत प्राप्त गरेकी छिन्।

    अहिले नेपालगञ्जका वडा नम्बर १२, १३, १५ र १६ को मतगणना जारी छ।

    १४ नम्बरको मतगणना सुरू भएको छैन।

    गणना भइरहेकामध्ये १२, १३ र १६ नम्बर वडाहरू यसअघि नेपाली कांग्रेसले जितेका वडाहरू हुन्।

    त्यस्तै, वडा नम्बर १४ भने यसअघि नेकपा एमालेले जितेको क्षेत्र हो।

    वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १७, १८, १९, २०, २१, २२ र २३ को मतगणना सकिएको छ।

    कांग्रेस मेयर उम्मेदवार प्रशान्त विष्टलाई यसअघि अन्य दलहरूले जितेका वडाहरूमा पनि बढी मत आएको छ।

    विष्ट निकटतम प्रतिस्पर्धीभन्दा ८५०९ मतान्तरले अगाडि रहेको हुँदा उनको जित निश्चित जस्तै भइसकेको बताइएको छ।

    नेपालगञ्जमा कुल ८१७९४ मतदाता रहेकोमा ६१२०५ मत खसेको थियो।


    बिहिवार, जेठ ५ २०७९०१:३०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij