Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा, सातदेखि १० मन्त्री परिवर्तन हुन सक्ने

प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा, सातदेखि १० मन्त्री परिवर्तन हुन सक्ने

  • आइतवार, श्रावण ३२ २०७७

  • 998
    SHARES

  • प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा, सातदेखि १० मन्त्री परिवर्तन हुन सक्ने

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झाउन ६ नेता सम्मिलित कार्यदल गठन भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी भएको छ । पार्टीभित्र देखा परेको विवाद समाधान गर्न अध्यक्षद्वय केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

    कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएलगत्तै सोही प्रतिवेदनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी रहेको बुझिएको छ । शक्ति सन्तुलन कायम गर्न केन्द्रीय सरकारका केही मन्त्रीहरु हेरफेर तथा मुख्यमन्त्रीहरुको समेत जिम्मेवारी हेरफेर गरेर जानुपर्ने आवाज नेकपाको सचिवालयमा धेरै पहिलेदेखि नै उठ्दै आएकाले त्यसको सन्तुलन मिलाउन समेत मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने धेरैको आँकलन छ ।

    समग्र पार्टी पद्धति तथा सरकारका काम प्रभावकारी बनाउन पनि कार्यदलले यसबारे विकल्प पेस गर्ने निश्चित भएको नेकपाका एक स्थायी समिति सदस्यले बताउनुभयो । स्रोेतका अनुसार २ वर्ष मन्त्री भैसकेका र राम्रो परफमेन्स देखाउन नसकेका झण्डै सातदेखि १० जना मन्त्री परिवर्तन हुने सम्भावना छ ।

    तिनका स्थानमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल लगायतलाई मौका दिने गरी ओली प्रचण्डबीच लगभग सहमति भएको बुझिएको छ ।


    आइतवार, श्रावण ३२ २०७७०३:००:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij