Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेपाल प्रहरीका डीआईजीलाई कोरोना संक्रमण

नेपाल प्रहरीका डीआईजीलाई कोरोना संक्रमण

  • आइतवार, श्रावण ३२ २०७७

  • 651
    SHARES

  • नेपाल प्रहरीका डीआईजीलाई कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका कर्मचरीमा संक्रमण बढिरहेको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई समेत कोरोना संक्रमण भएको छ ।

    प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले जनाए अनुसार स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा शनिबार बिहान आएको रिपोर्टमा डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको हो । यद्यपि उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

    आज (आइतबार) बिहान १० बजेसम्म ६२० जनामा कोभिड–१९ देखिएको छ भने संक्रमितमध्ये २४० जना निको भएको एसएसपी कडायतले जानकारी दिनुभयो । सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका एक सय ५५ जनामा संक्रमण देखिएको छ ।


    आइतवार, श्रावण ३२ २०७७१२:५७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij