Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बारा–पर्सामा स्वास्थ्यकर्मी र पत्रकारसहित ४७ जना संक्रमित थपिए

बारा–पर्सामा स्वास्थ्यकर्मी र पत्रकारसहित ४७ जना संक्रमित थपिए

  • आइतवार, श्रावण ३२ २०७७

  • 667
    SHARES

  • बारा–पर्सामा स्वास्थ्यकर्मी र पत्रकारसहित ४७ जना संक्रमित थपिए

    वीरगञ्ज । पर्सा र बारामा स्वास्थ्यकर्मी र पत्रकारसहित ४७ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    वीरगञ्जका १७ जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ७ जना, पर्साको पोखरिया नगरपालिकामा १२ जना, पर्सागढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका, रक्सौल पन्टोकाका १–१ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।


    आइतवार, श्रावण ३२ २०७७१२:५५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij