Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगको निर्देशन : जेठ ५ गतेभित्र नै मतगणना सक्नु

निर्वाचन आयोगको निर्देशन : जेठ ५ गतेभित्र नै मतगणना सक्नु

चुनावमा लापर्बाही गर्ने कर्मचारीको विवरण मागियो
  • बुधवार, जेठ ४ २०७९

  • 783
    SHARES

  • निर्वाचन आयोगको निर्देशन : जेठ ५ गतेभित्र नै मतगणना सक्नु

    काठमाडौँ । निर्वाचन आयोगले मतगणना कार्य प्रभावकारी र छिटो छरितो बनाउन आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर आधाभन्दा धेरै पालिकाको अन्तिम नतिजा आइसकेको र बाँकीको पनि धमाधम गणना भइरहेको भन्दै छिटो गणनामा सहयोग गर्न सबै निकायसँग आग्रह गरेको हो ।

    विद्यमान कानुनी व्यवस्थाअनुसार बहालवाला जनप्रतिनिधिको पदावधि यही जेठ ५ गतेसम्म रहेको र त्यसपछि स्थानीय सरकार जनप्रतिनिधिविहीन हुने अवस्थालाई मध्यनजर गरेर ५ गतेभित्र नै मतगणना सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधिलाई कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न आयोगले निर्देशन दिएको छ ।

    धेरै मतगणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकामा बढीभन्दा बढी मतगणना टोली व्यवस्था गरी गणना सम्पन्न गर्नका लागि निर्देशन दिएको स्मरण गराएको छ । यस्तै विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरू निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना सम्पन्न गर्न—गराउन पनि आयोगले निर्देशन दिएको छ ।

    मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भइ मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्ने जस्ता समस्याहरू खडा गर्ने जस्ता कार्य नगर्न पनि आयोगले आग्रह गरेको छ । यस्तै आयोगले चुनावको क्रममा लापर्बाही गर्ने कर्मचारीको विवरण माग गरेको छ ।


    बुधवार, जेठ ४ २०७९०४:४५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij