Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

चितवनमा तीन वरिष्ठ चिकित्सकसहित २७ जनामा कोरोना कोरोना

चितवनमा तीन वरिष्ठ चिकित्सकसहित २७ जनामा कोरोना कोरोना

  • आइतवार, श्रावण ३२ २०७७

  • 492
    SHARES

  • चितवनमा तीन वरिष्ठ चिकित्सकसहित २७ जनामा कोरोना कोरोना

    काठमाडौं । चितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गयराति गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमित हुनेमा फ्रन्टलाइनमा बसेर काम गरिरहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकहरु समेत छन् । परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का एक जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । यस्तै, चितवनको रत्ननगरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, चितवनकै खैरहनी नगरपालिकाका २ जनामा पनि संक्रमण पुष्टि भएको छ । साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण देखिएको छ ।


    आइतवार, श्रावण ३२ २०७७१२:३४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij