Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

  • आइतवार, श्रावण ३२ २०७७

  • 940
    SHARES

  • नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

    काठमाडौं । मोरङमा थप २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपलिका–३ घर भएकी ५७ बर्षिया र तिनपैनीका ५० बर्षिया महिला रहेकी छन् ।

    ५७ वर्षीया ती महिलाको गएराति विराटनगर स्थित मारवाडी शेवा सदनको आइसोलेशनमा मृत्यु भएको हो । विहीबार गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रण पुष्टि भएको थियो । ती महिला सुगर प्रेसर र दम रोगी रहेको प्रदेश १ सामाजिक विकस मन्त्रालयले जनाएको छ ।

    अर्की ५० बर्षीया महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आज मृत्यु भएको हो । विराटनगरको न्यूरो हस्पिटलबाट रिफर भएर प्रतिष्ठान पुगेकी उनको उपचारका क्रममा निधन भएको वीपी प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

    सापकोटाका अनुसार उनमा चार–पाँच दिनदेखि अत्याधिक ज्वरो र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समेत गम्भीर समस्या देखिएको थियो ।
    मृतक विगत लामो समयदेखि मुटु र फोक्सोको रोगी भएको बताइएको छ ।


    आइतवार, श्रावण ३२ २०७७१०:४४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij