Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

२४० स्थानको परिणाम : नेतृत्वमा कांग्रेसको बाजी, पछिपछि एमाले

२४० स्थानको परिणाम : नेतृत्वमा कांग्रेसको बाजी, पछिपछि एमाले

  • मंगलवार, जेठ ३ २०७९

  • 642
    SHARES

  • २४० स्थानको परिणाम  :  नेतृत्वमा कांग्रेसको बाजी, पछिपछि एमाले

    काठमाडौं । स्थानीय तह निर्वाचनको नजिता आउने क्रम जारी छ। अहिलेसम्म देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

    सार्वजनिक नतिजाअनुसार सबैभन्दा धेरै स्थानीय तहमा सत्तारुढ नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसले अहिलेसम्म १ सय ९ स्थानीय तहमा जित निकालेको भने १ सय ९५ स्थानीय तहमा अग्रता कायम राखेको छ।

    नेकपा एमाले दोस्रो स्थानमा छ। अहिलेसम्म एमाले ६३ स्थानमा विजयी भएको छ भने १ सय ३५ स्थानीय तहमा अगाडि छ। सार्वजनिक परिणाम अनुसार अर्को सत्तारुढ दल नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।

    माओवादी केन्द्रले अहिलेसम्म ५५ स्थानीय तहमा जित निकालेको छ भने ६२ स्थानीय तहमा अग्रता कायम राखेको छ।

    त्यसैगरी एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी अहिलेसम्म ४ स्थानीय तहमा विजयी भएको छ भने १४ स्थानीय तहमा अघि छ।

    जसपाले अहिलेसम्म २ स्थानीय तहमा जित निकालेको छ भने ३० स्थानीय तहमा अघि छ। स्वतन्त्र उम्मेदवारले अहिलेसम्म ४ स्थानीय तह जितेका छन्।


    मंगलवार, जेठ ३ २०७९०८:२५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij