Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेकपामा कार्यदल गठनपछि देखा पर्‍यो फेरि अर्को नयाँ विवाद

नेकपामा कार्यदल गठनपछि देखा पर्‍यो फेरि अर्को नयाँ विवाद

असन्तुष्ट पक्ष भन्छन्ः कार्यदलको कार्यादेश नै प्रष्ट भएन
  • शनिवार, श्रावण ३१ २०७७

  • 1.0K
    SHARES

  • नेकपामा कार्यदल गठनपछि देखा पर्‍यो फेरि अर्को नयाँ विवाद

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी विवाद समाधानका लागि कार्यदल गठन गरिएपछि फेरि अर्को नयाँ विवाद देखा परेको छ । हिजो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएकोे थियो ।

    उक्त कार्यदलले शनिबारदेखि काम सुरु समेत गरिसकेको छ । तर कार्यदलको कार्यदेश प्रष्ट नभएको र कार्यदल गठनको आवश्यकता किन पर्‍यो भनेर पार्टीका वरिष्ठ नेता तथा सचिवालय सदस्यहरुले प्रश्न उठाएका छन् । वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई प्रश्न उठाएका हुन् ।

    शनिबार बिहान प्रचण्ड निवास खुमल्टारमा चारजना नेताहहरुको भेला बसेको थियो । भेलामा वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले कार्यदलभन्दा पनि सचिवालयको बैठक डाक्न माग गरेको बताइएको छ ।

    शुक्रबार अध्यक्षद्वयले महासचिव पौडेलको नेतृत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, जनार्दन शर्मा, फम्पा भुसाल सदस्य रहेकोको कार्यदल बनाएको थियो । कार्यदललाई पार्टीभित्रको विवादको चुरो पहिचान गरेर समाधानको उपायसहितको प्रतिवेदन अध्यक्षद्धयलाई पेश गर्न भनिएको छ ।

    पार्टीभित्रको विवाद समाधान गर्न लिखित सुझाव दिन भनिए पनि इतरसमूहले सचिवालयले बसेर कार्यदललाई काम दिनुपर्ने सर्त अघि सारेको हो ।

    असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेपछि विवाद उत्कर्षमा पुगेको हो । दुवै पदबाट राजीनामा नदिने ओलीको अडान र राजनीनामा दिनैपर्ने इतर पक्षको मागका कारण विवाद झन् उत्कर्षमा पुगेको हो ।

    विवादको मिलनविन्दु नभेटिँदा स्थायी कमिटी बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ । डेढ महिनाको अवधिमा पटक–पटक छलफल र संवाद भएपनि ओली र प्रचण्ड–माधव नेपापल पक्षबीच सहमतिको विन्दु नभेटिएपछि शुक्रबार विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो ।


    शनिवार, श्रावण ३१ २०७७०३:२०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij