Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

अहिलेसम्म १३ हजार जनप्रतिनिधि निर्वाचित

अहिलेसम्म १३ हजार जनप्रतिनिधि निर्वाचित

  • सोमवार, जेठ २ २०७९

  • 421
    SHARES

  • अहिलेसम्म १३ हजार जनप्रतिनिधि निर्वाचित

    काठमाडौं - स्थानीय तह निर्वाचनबाट हालसम्म निर्विरोधसहित १३ हजारभन्दा बढी उम्मेदवार निर्वाचित भएका छन् ।

    निर्वाचन आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म निर्विरोधसहित १३ हजार ५ सय ८२ जना उम्मेदवार निर्वाचित भएको जानकारी दिए ।

    तीमध्ये प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित भएका छन् । वडाध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ जना निर्वाचित भएको प्रवक्ता शर्माले जानकारी दिए । आयोगले देशभर १३० वटा स्थानीय तहको निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको जनाएको छ ।

    आयोगका अनुसार विभिन्न कारणले मतदान स्थगित भएका ठाउँमा सोमबार मतदान भएको छ । धनकुटाको शहीदभूमि गाउँपालिका–६ को ठाकुरदेवी मा।वि।, सप्तरीको रुपनि गाउँपालिका-५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका-१ को वडा कार्यालय भवन र सुर्खेतको सिम्ता गाउँपालिका-३ को भगवती मा।वि।मा सोमबार मतदान भएको प्रवक्ता पौडेलले बताए ।

    त्यस्तै, बझाङको केदारस्यु गाउँपालिका–४ को जगन्नाथ उच्च मा।वि।, बझाङको सुर्मा गाउँपालिका–२ को आधार बगर मा।वि। र बझाङको सुर्मा गाउँपालिका–३ कृष्ण प्रा।वि। मतदान केन्द्रमा पनि सोमबार शान्तिपूर्णरुपमा मतदान भएको आयोगले जनाएको छ ।

    प्रवक्ता पौडेलले आयोगले भयरहित र शान्तिपूर्ण बातावरणमा देशभर निर्वाचन सम्पन्न गराएको दाबी गरेका छन् ।


    सोमवार, जेठ २ २०७९०६:०१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij