Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

काँग्रेसका युवा नेताहरुको तर्फबाट सभापतिमा उम्मेदवारी दर्ता हुने

काँग्रेसका युवा नेताहरुको तर्फबाट सभापतिमा उम्मेदवारी दर्ता हुने

  • शनिवार, श्रावण ३१ २०७७

  • 2.2K
    SHARES

  • काँग्रेसका युवा नेताहरुको तर्फबाट सभापतिमा उम्मेदवारी दर्ता हुने

    काठमाडौँ ।  नेपाली काँग्रेसका युवा नेताहरुले अवको महाधिवेशनमा नयाँ पुस्ताका नेताहरुको तर्फबाट सभापतिमा उम्मेदवारी हुने संकेत गरेका छन् । उनीहरुले अवको पार्टी सभापति आफ्नो पुस्ताका नेता हुनु पर्ने आवाज र आवश्यकता बढीरहेकाले उम्मेदवारीको तयारी भइरहेको तर्क गरेका छन् ।

    आगामी महाधिवेशनबाट काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुले नयाँ पुस्ताका नेताहरुलाई नेतृत्वमा ल्याउने विश्वास पनि उनीहरुले व्यक्त गरेका छन् । पार्टीको अहिलेको नेतृत्वप्रति सर्वत्र आलोचना र असन्तुष्टि व्यक्त भइरहेका बेला युवा नेताहरुले पार्टीमा पुस्तान्तरण गराउने अठोट व्यक्त गरेका हुन् ।

    नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष तथा पार्टीका प्रभावशाली केन्द्रीय सदस्य गुरुराज घिमिरेले भन्नुभएको छ, “हाम्रो पुस्ता अबको सभापति हो।” उहाँले नयाँ पुस्ताबाट सभापति को बन्ने भन्ने बारेमा पात्रको टुङ्गो समयक्रममा लाग्ने पनि उहाँले जानकारी दिनुभयो ।

    उहाँले युवा नेताहरुको तर्फबाट समूह नै बनाएर सभापतिसहितका सवै पदमा उम्मेदवारी दिनेगरी छलफल भइरहेको पनि बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हामी आफू उम्मेदवार नहुन सक्छौं अर्थात् पद चाहिएको छैन ।पद निर्णायक पनि होइन।तर पुस्तान्तरण समयको माग र आवश्यकता दुवै हो।”

    युवा नेता घिमिरेले आफुहरुलाई अव कुनैं शक्तिले रोक्न नसक्नेअठोट पनि व्यक्त गर्नुभएको छ । काँग्रेसमा १२ युवा नेता तथा केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव र किरण यादवले केही समयदेखि संयुक्त गतिविधि गर्दै आएका छन् ।


    शनिवार, श्रावण ३१ २०७७०८:२३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij