Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

टीकापुरमा रेशम चौधरीको पार्टीका उम्मेदवार दोब्बर मतले अघि

टीकापुरमा रेशम चौधरीको पार्टीका उम्मेदवार दोब्बर मतले अघि

  • शनिवार, बैशाख ३१ २०७९

  • 750
    SHARES

  • टीकापुरमा रेशम चौधरीको पार्टीका उम्मेदवार दोब्बर मतले अघि

    काठमाडौं - कैलालीको टीकापुरमा जेलमा रहेका रेशम चौधरीको पार्टीका उम्मेदवार प्रतिष्पर्धी दलभन्दा दोब्बर मतले अघि रहेका छन्।

    १६ सय मत गणना सकिँदा मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौराले ५८८ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका श्याम खत्रीले २६७ मत ल्याएका छन्। कांग्रेस उम्मेदवार नवराज रावलले २१९ मत पाएका छन्।

    उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीकै उल्कादेवी विश्वकर्मा अगाडि छन्। उनले ५०१ मत पाएकी छन् भने माओवादी केन्द्रका खड्कबहादुर शाहले २१३ मत ल्याएका छन्।

    मतगणना जारी छ।
    २०७४ मा टीकापुरमा एमालेले मेयर जितेको थियो।


    शनिवार, बैशाख ३१ २०७९०६:५४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij