Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा अंग्रेजीमा, राष्ट्र संघमा पठाउने बाटो खुल्यो

लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा अंग्रेजीमा, राष्ट्र संघमा पठाउने बाटो खुल्यो

  • शुक्रवार, श्रावण ३० २०७७

  • 1.7K
    SHARES

  • लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा अंग्रेजीमा, राष्ट्र संघमा पठाउने बाटो खुल्यो

    काठमाडौं । लिम्पियाधुरा सहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साको अंग्रेजी संस्करण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्विकृत गरेको छ ।

    नापी विभागले तयार पारेको नक्सा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्विकृत गरेकी हुन । अद्यावधिक नक्साको नेपाली संस्करण ८ जेठमा मन्त्री अर्यालले सार्वजनिक गरेकी थिइन् । सोही नक्साको अंग्रेजी संस्करण विभागले प्रकाशन गरेको हो ।

    सन् १८१६ को सुगौली सन्धि लगायतका तथ्य तथा प्रमाणको आधारमा सरकारले ५ जेठमा लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

    अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कुटनीतिक नियोगहरू, समग्र अन्तराष्ट्रिय जगतमा पठाउनका निम्ती बाटो खुलेको मन्त्री अर्यालले जानकारी दिइन् ।

    विभागका महानिर्देशक प्रकाश जोशीले अंग्रेजी संस्करणको नक्सा संयुक्त राष्ट्र संघ, विभिन्न कुटनीतिक नियोक, समग्र अन्तराष्ट्रिय समुदायमा पठाउने बाटो खुलेको र परराष्ट्र मन्त्रालयमार्फत पठाइने जानकारी दिए ।

    सुगौली सन्धिको धारा ५ मा लिम्पियाधुरा मुहान भएको काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । भारतद्वारा प्रकाशित नक्साहरूमा पनि लिम्पयाधुरासम्म नेपाल हो भन्ने स्पष्ट छ ।

     


    शुक्रवार, श्रावण ३० २०७७०७:१८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij