Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

पोखरा महानगरको मतगणना सुरु

पोखरा महानगरको मतगणना सुरु

  • शनिवार, बैशाख ३१ २०७९

  • 635
    SHARES

  • पोखरा महानगरको मतगणना सुरु

    काठमाडौँ । पोखरा महानगरपालिकामा मतगणना सुरु गरिएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार सम्पन्न मतदानको गणना थालिएको हो ।

    आज दिउँसो २ बजेदेखि सुरु हुने भनिएको मतगणना अपराह्न ४ बजे मात्रै सुरु गरिएको छ । सुरुमा वडा नम्बर–१२ को मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    ३३ वडा रहेको पोखरामा १, १२ र २३ नम्बर वडाको मत सुरुमा गणना गरिनेछ । पोखरास्थित उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिको हलमा गणना थालिएको हो ।

    पोखराको मेयर पदमा नेकपा (एमाले) का तर्फबाबाट कृष्णबहादुर थापा र सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।


    शनिवार, बैशाख ३१ २०७९०४:३३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij