Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा

पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा

  • शुक्रवार, बैशाख ३० २०७९

  • 660
    SHARES

  • पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा

    काठमाडौं – ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधनलाई होल्डमा राखेको छ ।

    उपत्यकाको विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमा २३६ वटा दुई पाङ्ग्रे र २२ वटा चारपाङ्ग्रे रहेका छन् ।

    काठमाण्डौं उपत्यका लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् ।

    आज स्थानीय तहको मतदानको दिन भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो । अत्यावश्यक तथा पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधन आज दिनभर नचलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।

     


    शुक्रवार, बैशाख ३० २०७९०२:४६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij