Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

विज्ञान देव पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान

विज्ञान देव पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान

  • शुक्रवार, श्रावण ३० २०७७

  • 889
    SHARES

  • विज्ञान देव पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौँ । मन्त्रीपरिषद्को निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी विज्ञान देव पाण्डेलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले शुक्रबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    उपरथी दर्जामा पदोन्नति भएका उपरथी विज्ञान देव पाण्डेलाई श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।


    शुक्रवार, श्रावण ३० २०७७०४:२९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij