Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

  • शुक्रवार, श्रावण ३० २०७७

  • 628
    SHARES

  • रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

    काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    रामेछाप प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले खड्कालाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । उनले भने, ‘उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको भन्दै उहाँविरुद्ध उजुरी परेको छ ।’

    खड्का तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष हुन् । यद्यपि, हाल उनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निलम्बन गरेको छ ।


    शुक्रवार, श्रावण ३० २०७७०३:३८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij