Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोक पहिरो : ३७ बेपत्ताको पहिचान खुल्यो (नामसहित)

सिन्धुपाल्चोक पहिरो : ३७ बेपत्ताको पहिचान खुल्यो (नामसहित)

  • शुक्रवार, श्रावण ३० २०७७

  • 574
    SHARES

  • सिन्धुपाल्चोक पहिरो : ३७ बेपत्ताको पहिचान खुल्यो (नामसहित)

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदी पहिरोले पुरेर हराइरहेका ३७ जनाको पहिचान खुलेको छ ।  गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले दिएको जानकारीअनुसार बेपत्ता हुने एउटै टोलका बासिन्दा हुन् ।

    ‘३५ घरधुरीका ३७ बेपत्ताको पहिचान खुलेको छ,’ उनले भने ।  पुरिएर बेपत्ता हुनेमा मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, कान्छो दोङ, सानोकान्छी दोङ, प्रिती दोङ, वाङ्छोलामो दोङ, धनमाया तामाङ, रेनिस दोङ, भेउमाया दोङ, मिलन दोङ, विमला दोङ, माइला दोङ, प्रकाश दोङ, साइँली दोङ, आयुष दोङ, सुभाष तामाङ, छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी दोङ र सिरमाया दोङ छन् ।

    त्यसैगरी बिबिरानी तामाङ, बिबिलक्ष्मी तामाङ, सानुकान्छा दोङ, साङ्लोमो दोङ, सोनाम दोङ, हिरा कामी, जिते कामी, सानोकान्छी दोङ, दिन्दुस दोङ, सुरज दोङ, सुमन दोङ, करिष्मा दोङ, च्यामा दोङ, साङदोङ तामाङ, देउमाई दोङ र छिरिङ दोङ रहेका छन् ।

    पुरिएकाको संख्या अझै यकिन हुन सकेको छैन । उद्धार कार्य जारी रहेको श्रेष्ठले बताए ।

    ‘पुरिएका स्थानीय जीवितै भेट्न सकिन्छ कि भनेर उत्खनन गरिरहेका छौँ,’ श्रेष्ठले भने ।


    शुक्रवार, श्रावण ३० २०७७०२:४६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij