Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कीर्तिपुर र वीरगञ्जमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहा गर्न नेविसंघको माग

कीर्तिपुर र वीरगञ्जमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहा गर्न नेविसंघको माग

  • शुक्रवार, श्रावण ३० २०७७

  • 627
    SHARES

  • कीर्तिपुर र वीरगञ्जमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहा गर्न नेविसंघको माग

    काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौंको कीर्तिपुर र वीरगञ्जमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गरेका थिए ।

    त्रिविमा उपकुलपति कार्यालयमा ताला लगाउने घटनामा संलग्न नेविसंघका ८ जना र वीरगञ्जमा सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेको आरोपमा नेविसंघ नेता विकास तिवारी पक्राउ परेका छन् ।

    नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरी दुबै स्थनबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न माग गरेका छन् । विद्यार्थीको र आम जनसमुदायको जायज माग उठाउँदा प्रहरी दमन र झुटा मुद्दाको सहाराले फसाउन खोज्ने निरंकुश चरित्र प्रदर्शन गरेको पनि नेविसंघले आरोप लगाएको छ ।

    आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा नेविसंघले उपत्यकाका केही क्याम्पसमा तालाबन्दी पनि गरेको छ ।


    शुक्रवार, श्रावण ३० २०७७०२:२३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij