Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेप्से परिसूचक ५६ अंकले बढ्यो

नेप्से परिसूचक ५६ अंकले बढ्यो

  • बुधवार, बैशाख २८ २०७९

  • 701
    SHARES

  • नेप्से परिसूचक ५६ अंकले बढ्यो

    काठमाडौं – साताको चौथो कारोबार दिन बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले उकालो लागेर २ हजार ३ सय ६९ दशमलव ०६ अंकमा पुगेको हो ।

    ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५२ अंकले बढेको छ । नेप्से परिसूचक उकालो लाग्दा सेयर कारोबार रकममा समेत सुधार भएको छ । केही दिन यता लगातार डेढ अर्ब भन्दा तल कारोबार भएको थियो ।

    बुधबार ३७ हजार ७७० कारोबारबाट ५३ लाख ३३ हजार १०९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब २६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँ पुगेको छ । बजार बढ्दा सेयर बजारको पुँजीकरण पनि सुधार भएर ३३ खर्ब ७० अर्ब ७ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।


    बुधवार, बैशाख २८ २०७९०४:२३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij