Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आरजुलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

आरजुलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

  • बुधवार, बैशाख २८ २०७९

  • 476
    SHARES

  • आरजुलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मंगलबार आयोगले राणालाई उनले चुनावी सभाहरुमा दिएको अभिव्यक्तिबारे आयोगमा उजुरी परेको जनाएको छ ।

    मतदातालाई अनुचित प्रभावमा पार्न खोजेको र आर्थिक प्रलोभन देखाउने खालको अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको निर्वाचन आयोगको पत्रमा जनाइएको छ ।

    संघीय सरकारबाट स्थानीय तहहरुलाई के कति बजेट जाने भन्ने सम्बन्धमा संविधान र कानुन बमोजिम संघीय संञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सकारबीच राजश्वको बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा निर्धारणको व्यवस्था संविधानमा रहेको उल्लेख गर्दै आयोगले बोलेको विषय संविधान सम्मत छ कि छैन भनेर प्रश्न गरेको छ ।


    बुधवार, बैशाख २८ २०७९०६:०४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij