Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

देउवाले भेटे बाल्यकालका यतिधेरै दौतरी, यसरी सम्झिए बालापन

देउवाले भेटे बाल्यकालका यतिधेरै दौतरी, यसरी सम्झिए बालापन

  • मंगलवार, बैशाख २७ २०७९

  • 993
    SHARES

  • देउवाले भेटे बाल्यकालका यतिधेरै दौतरी, यसरी सम्झिए बालापन

    काठमाडौं । २०७४ सालको निर्वाचनपछि पहिलो पटक डडेल्धुरा फर्किएका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मतदान गरेर मात्रै काठमाडौं फर्किने भएका छन् ।

    डडेल्धुरा कांग्रेसमा अन्तरविरोध चर्किएपछि देउवा निर्वाचनको पाँच दिनअघि नै गृहजिल्ला पुगेका हुन् । देउवा जिल्ला पुगेपछि उनलाई शुभेच्छुकहरुले घेरेका छन् ।

    बहालवाला प्रधानमन्त्री लामो समयपछि गृहजिल्ला आएपछि नेता, कार्यकर्तामा रापताप बढेको छ । यद्यपि कांग्रेसबाट डडेल्धुरामा शक्तिशाली मानिएका नेता कर्ण मल्ललाई भने देउवाले कारबाही गरिसकेका छन् । मल्ल अहिले एमालेसँग साँठगाँठ गरेर निर्वाचनमा होमिएका छन् ।

    सोमबार कैलालीको धनगढीमा पाँच दलीय गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गरेर डडेल्धुरा हानिएका थिए ।

    देउवाले सोमबार आफ्नो मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिकाको बडालमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । देउवाले आज अमरगढी नगरपालिका र भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेका नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले बताए ।

    उनका अनुसार अमरगढीको बागबजारस्थित बसपार्कमा बिहान १० बजे र परशुरामको जोगबुढास्थित लालढुंगामा दिउँसो २ बजे चुनावी सभा हुनेछ । डडेल्धुरामा काँग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले एमालेसँग तालमेल गरेको छ भने काँग्रेस एक्लै निर्वाचनमा उत्रिएको छ ।

    पाँच दलीय गठबन्धनको नेतृत्व देउवाले गरिरहेका बेला उनको गृहजिल्लामा चुनावी तालमेल भएन । उक्त परिस्थितिलाई मध्येनजर गरी देउवा स्थानीय तह निर्वाचनको अन्तिम घडीमा गृहजिल्ला केन्द्रित भएका छन् ।

    प्रधानमन्त्री देउवाले बाल्यकालका दौतरीसँग पनि भेट गरेका छन् । पाँचदिनसम्म त्यहाँ रहँदा थुप्रै नेता, कार्यकर्तासँग भेट्ने उनको योजना छ ।


    मंगलवार, बैशाख २७ २०७९१२:१७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij