काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले गठबन्धन जोगाउने दायित्व सबै दलको भएको र गठबन्धन जोगाउन सबै संयम हुनुपर्ने पनि बताएका छन् ।
आज रोल्पामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले आजभोलि दिनहुँजसो काँग्रेस र माओवादी कार्यकर्ताहरुबीच विभिन्न ठाउँहरुमा झडपका खबरहरु आइरहँदा आफुलाई दुःख लागेको समेत बताए । साथै सबै कार्यकर्ताहरुलाई संयम अपनाउन समेत उनले आग्रह गरे ।
पुनले देशैभर सत्तागठबन्धनबीच तालमेल भएपनि काँग्रेस जिल्ला नेतृत्वको अराजक र अराजनीतिक चरित्रका कारण रोल्पामा तालमेल गर्न नसकिएको उल्लेख गरे ।
केन्द्रको निर्देशन विपरित काम गरेर रोल्पा काँग्रेसका नेताहरुले ऐतिहासिक गल्ती गरेको पुनले बताएका छन् ।