Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गठबन्धनको प्रणः जसरी पनि निर्वाचन जित्ने दाउ

गठबन्धनको प्रणः जसरी पनि निर्वाचन जित्ने दाउ

  • सोमवार, बैशाख २६ २०७९

  • 586
    SHARES

  • गठबन्धनको प्रणः जसरी पनि निर्वाचन जित्ने दाउ

    काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी गर्नुभएको छ ।

    आज सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने बताउनुभयो ।

    उहाँले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई कुनै पनि हालतमा सहयोग नगरिने बताउँदै फिर्ता नलिएको खण्डमा कारवाही गरिनेसमेत बताउनुभयो ।

    यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अवस्था परिवर्तनका लागि आफूहरु गठबन्धन बनाएर चुनावमा होमिएको बताउनुभएको छ ।

    आज कलिकोटमा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमन विरोधी, प्रतिक्रान्ति विरोधी, संविधान कुल्चने दुष्प्रयास गर्ने ‘ओली प्रवृत्ति’का विरुद्ध गठबन्धन बनेको पनि प्रस्ट पार्नुभयो।

    यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले जनताको भोटबाट जित्ने सम्भावना नरहेकाले मतपत्र च्यात्न सक्ने भन्दै गणना नसकिएसम्म नसुत्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

    आज पोखरामा आयोजित जनसभालाई सम्बोधन गर्दै गठबन्धनका सबैखाले षड्यन्त्रविरुद्ध चनाखो हुनुपर्ने बताउनुभयो ।

    उहाँले पोखरामा गठबन्धनको आमसभामा माधव नेपालले कांग्रेसलाई धम्क्याएको भन्दै केपी ओलीको हालत हुने भनेर चेतावनी दिएकोमा व्यंग्य गर्नुभयो । उहाँले कसको हालत के हुन्छ भन्ने कुरा वैशाख ३० बाट प्रस्ट हुने दावी गर्नुभयो ।


    सोमवार, बैशाख २६ २०७९०८:३२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij