Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

देशभर थप ८ जनामा कोरोना संक्रमण

देशभर थप ८ जनामा कोरोना संक्रमण

  • सोमवार, बैशाख २६ २०७९

  • 359
    SHARES

  • देशभर थप ८ जनामा कोरोना संक्रमण

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६९३ जनाको पीसीआर परीक्षणमा ६ जना र १ हजार ३०९ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर १९० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १८९ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १५१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ८०६ जना संक्रमणमुक्त भएका छन् ।


    सोमवार, बैशाख २६ २०७९०४:३८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij