Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

मतदाता शिक्षा दिँदै घरदैलो अभियानमा माथागढीका उम्मेदवार

मतदाता शिक्षा दिँदै घरदैलो अभियानमा माथागढीका उम्मेदवार

  • आइतवार, बैशाख २५ २०७९

  • 817
    SHARES

  • मतदाता शिक्षा दिँदै घरदैलो अभियानमा माथागढीका उम्मेदवार

    काठमाडौं । पाल्पा जिल्लाको माथागढी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सन्तोष कुमार थापा, उपप्रमुख पदका उम्मेद्वार विजया भट्टराईलगायतले मतदाता शिक्षासँगै घरदैलो अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनुभएको छ ।

    जनतामा अझै पनि मतदाता शिक्षाको कमि देखिएकोले मतदाता शिक्षासँगै घरदैलो अभियानलाई तीब्र पारिएको नेपाली कांग्रेस अध्यक्ष पदका उम्मेदवार सन्तोषकुमार थापाले बताउनुभयो । ‘जनताको घर आँगनमा पुगेर उहाँहरुको समस्यालाई प्रत्यक्ष रुपमा बुझेका छौँ, यसपटक निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छैन हामी अहिले नमूना मतपत्र लिएर जनतालाई स्पष्ट पार्न घरदैलोमा गएका हौँ ।’

    उहाँले समग्र गाउँपालिकाको विकासका लागि सम्पूर्ण गाउँबासी जनतालाई रुख चिन्हमा मतदान गर्न अनुरोध गर्नुभयो । आउँदो निर्वाचनमा पुनः कांग्रेसले विजय प्राप्त गरेमा शुरु भएका योजनाहरुले निरन्तरता पाउने र जनताको आवश्यकता मुल्याङ्कन गरि नयाँ विकासका योजनाहरु ल्याउने उहाँले बताउनुभयो ।

    मतदाता शिक्षासँगै घरदैलो अभियान कार्यक्रम माथागढीको विभिन्न टोलटोल भइरहेको छ ।


    आइतवार, बैशाख २५ २०७९०३:०६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij