Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

  • शुक्रवार, आषाढ १९ २०७७

  • 837
    SHARES

  • बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

    एजेन्सी। बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको बिहीबार राति निधन भएको छ।  हिन्दुस्तान टाइम्सका अनुसार हृदयघात भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो। उनी ७२ वर्षकी थिइन्।

    जुन १७ मा सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।

    बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन्।

    नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित 'देवदास' सिनेमाको 'डोला रे डोला', माधुरी दिक्षित अभिनित 'तेजाब' सिनेमाको 'एक दो तीन' र 'जब वी मेट' सिनेमाको 'ए इश्क हाय' लगायतका छन्।

    उनले अन्तिमपटक करन जोहर निर्मित 'कंलक' सिनेमाको ' तबाह हो गई' गीतमा कोरियोग्राफी गरेकी थिइन्।


    शुक्रवार, आषाढ १९ २०७७०७:५४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij