काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मतदातालाई सार्वजनिक अपील जारी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यायसलमा पत्रकार सम्मेलनको आयोजना गरी ओलीले आफ्नो अपीलमा नेपाली कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको टिप्पणी गरेका छन्।
ओलीले वहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय कांग्रेसले शासन गरेको भन्दै अब एक दशक एमालेले नेतृत्व गर्न पाए विकास र समृद्धिको उत्कर्षमा मुलुकलाई पुर्याउने दावी गरेका छन् ।
स्थानीय तह निर्वाचनमा एमालेको ६७ बुँदे संकल्पसहित जनतालाई अपिल गर्दै अध्यक्ष ओलीले संविधानको अपब्याख्या गरेर एमालेलाई सत्ता बाहिर लगिएकाले जनादेशबाट जवाफ दिनुपर्ने बताएका छन् । उनले जनादेश भन्दा ठूलो परमादेश नहुने भन्दै एमालेलाई मत दिन आह्वान गरेका छन् ।
ओली आफ्नो साढे तीन वर्षे लामो कार्यकालमा भएका विकास निर्माणका काम र ०७४ मा एमालेले जितेका स्थानीय तहले गरेका कामको बारेमा पनि प्रष्ट पार्दै मतदातालाई अपील गरेका हुन्।
यस्तो छ ओलीको अपिल: