Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आज थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित थपिए ?

आज थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित थपिए ?

  • बिहिवार, श्रावण २९ २०७७

  • 613
    SHARES

  • आज थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित थपिए ?

    काठमाडौं । देशभर बिहीबार थप ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेकाे छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १११ , ललितपुरका ११ , भक्तपुरका ५, धनुषाका २२, झापाका २, पर्साका ३९, सुनसरीका २०, उदयपुरका १, मोरङका ८८, इलामका ४, महोत्तरीका २०, रौतहटका २५, सिराहाका २, सप्तरीका ३१, बाराका १, नुवाकोटका १ र सर्लाहीका २६ जनामा कोरोना पुष्टि भएकाे छ।

    यस्तै चितवनका ११, मकवानपुरका २८, सिन्धुलीका २, काभ्रेका ८, रामेछापका ३, दोलखाका १, सुर्खेतका १, कपिलवस्तुका २१, कास्कीका ३, नवलपरासीका ४, तनहुँका १, प्युठानका ३, रुपन्देहीका १२, दाङका २, बाँकेका १०, बर्दियाका ३, पाल्पाका १, बैतडीका १ तथा डोटीका १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    कोरोना भाइरसको संक्रमण निको भएर थप १०९ जना संक्रमित डिस्चार्ज भएका छन्।  योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १६ हजार ८३७ पुगेको छ।


    बिहिवार, श्रावण २९ २०७७०५:२८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij