Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गठबन्धनका उम्मेदवारलाई ईमान्दार भएर मतदान गरौँ : केसी

गठबन्धनका उम्मेदवारलाई ईमान्दार भएर मतदान गरौँ : केसी

  • शुक्रवार, बैशाख २३ २०७९

  • 576
    SHARES

  • गठबन्धनका उम्मेदवारलाई ईमान्दार भएर मतदान गरौँ : केसी

    काठमाडौं - नेपालमा गणतन्त्र समाप्त पार्न विभिन्न खाले प्रतिगमनकारी तत्वहरु लगिपरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहाहुर केसीले बताउनुभएको छ ।

    काठमाडौंको शान्तिवाटिकामा आयोजित पाँचदलीय संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उहाँले प्रतिगमन समाप्त गर्न गठबन्धन बनेको पनि दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पाँचदलीय गठबन्धनभित्र विभिन्न मतभेद रहेका छन्, चुनावी तालमेलका विषयमा असन्तुष्टि छन् तर प्रतिगमनका विरुद्ध सबै एकजुट छौं ।’

    गठबन्धनका उम्मेदवारहरुलाई सबैले मतदान गरेर विजय गराउन पनि केसीले अपिल गर्नुभयो । लोकतन्त्र रक्षाको लडाईंस्वरुप गठबन्धनको निर्माण भएको बताउँदै केसीले सबैले ईमान्दार भएर मतदान गर्नुपर्ने बताउनुभयो ।


    शुक्रवार, बैशाख २३ २०७९०३:५८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij