Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थप आज १ सय ९ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप आज १ सय ९ जना कोरोना संक्रमणमुक्त

  • बिहिवार, श्रावण २९ २०७७

  • 452
    SHARES

  • पछिल्लो २४ घण्टामा थप आज १ सय ९ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

    नेपालमा हालसम्म १६ हजार ८ सय ३७ उपचारपछि निको भएका छन्। सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला गरी ५ जिल्लामा संक्रमित शून्य भएका छन्।

    आज ९ हजार ८ सय ५९ जनाको पिसिआर टेस्ट भएको छ भने हालसम्म ४लाख  ८३ हजार २८ जनाको पिसिआर टेस्ट भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

    हाल १४ हजार  ७ सय ६९ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या ८ हजार २५ छ। हालसम्म नेपालमा ९५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

    कुन प्रदेशमा कति डिस्चार्ज?
    प्रदेश १– १०४८
    प्रदेश २– ३४४९
    बागमती  प्रदेश– ६२७
    गण्डकी प्रदेश– १४९९
    प्रदेश ५– ४२२४
    कर्णली प्रदेश– १९०७
    सुदूरपश्चिम प्रदेश– ४०८३


    बिहिवार, श्रावण २९ २०७७०५:०५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij