Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

जिल्ला न्यायाधीशमा २९ जनाको नाम सिफारिस

जिल्ला न्यायाधीशमा २९ जनाको नाम सिफारिस

  • बिहिवार, श्रावण २९ २०७७

  • 484
    SHARES

  • जिल्ला न्यायाधीशमा २९ जनाको नाम  सिफारिस

    काठमाडौं । न्यायापरिषदले जिल्ला न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश समक्ष २९ जनाको नाम सिफारिस गरेको छ।

    बुधबार गरेको सिफारिसमा ३ जना महिला, ३ आदिवासी, २ मधेसी र बाँकी खस आर्य परेका छन्। २४ जना परीक्षाबाट पास भएका थिए भने पाँचजनालाई न्यायसेवाकै कर्मचारीबाट सिफारिस गरिएको परिषदले जनाएको छ।

    केहीसमय अघि परिषदले लिएको जिल्ला न्यायाधीशको परीक्षामा भने महिला र जनजातिले नाम निकाल्नै सकेका थिएनन्।  २९ जनाका लागि २ सय २९ जनाले लिखित परिक्षा दिएका थिए। २६ जनाले मात्र नाम निकालेका थिए। नाम निकाल्ने मध्ये २ मधेसी थिए भने एक अपाङ्ग थिए। पास हुन परीक्षा दिइने पाँचै विषयमा ५० प्रतिशत ल्याउनुपर्ने व्यवस्था छ।

    २६ जनामध्ये अन्तर्वार्तामा २४ जनामात्र उत्तिर्ण भएका थिए। बाँकी रहेका पाँच खालीपदमा भने न्यायसेवाका कर्मचारीमध्येबाट संविधानको व्यवस्था अनुसार समानुपतिक समावेशीताका आधारमा नियुक्ति गर्न सिफारिस गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। यीनै पाँचमा ३ जना महिला परेका छन्। आदिवासी जनजातिमा पनि एक महिला सहित ३ जना नै परेका छन्।


    बिहिवार, श्रावण २९ २०७७०४:२८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij