Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

विश्व बैंकले नेपाललाई दियो साढे १८ अर्ब ऋण

विश्व बैंकले नेपाललाई दियो साढे १८ अर्ब ऋण

  • बुधवार, बैशाख २१ २०७९

  • 741
    SHARES

  • विश्व बैंकले नेपाललाई दियो साढे १८ अर्ब ऋण

    काठमाडौँ । नेपाललाई विश्व बैंकले १५ करोड अमेरिकी डलर अर्थात् १८ अर्ब ३६ करोड रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराएको छ । वित्तीय क्षेत्रको स्थायित्व वृद्धि गर्न, वित्तीय समाधानको विविधिकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउन नेपाल सरकार र विश्व बैंकबीच बुधबार अर्थ मन्त्रालयमा ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

    यसलाई ‘वृद्धिका लागि वित्त नीति ऋण सम्झौता’ नाम दिइएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन् ।

    यो सहायताबाट कोभिड १९ र जलवायु परिवर्तनका उदयमान जोखिम सम्बोधन गर्न सहयोग पुग्ने अर्थसचिव मरासिनीले बताउनुभयो । उहाँले डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणलाई मुल प्रवाहमा ल्याउन समेत सहयोग केन्द्रित रहेको बताउनुभयो । यो आयोजनालाई विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले गत १० चैतमा अनुमोदन गरेको थियो ।


    बुधवार, बैशाख २१ २०७९०५:४०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij