Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पूर्वनिर्धारित अधिवेशन स्थगित गर्न भ्रातृ संस्थाहरुलाई काँग्रेसको निर्देशन

पूर्वनिर्धारित अधिवेशन स्थगित गर्न भ्रातृ संस्थाहरुलाई काँग्रेसको निर्देशन

  • बुधवार, बैशाख २१ २०७९

  • 713
    SHARES

  • पूर्वनिर्धारित अधिवेशन स्थगित गर्न भ्रातृ संस्थाहरुलाई काँग्रेसको निर्देशन

    काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना भातृ संगठनहरूलाई पूर्वनिर्धारित अधिवेशन तथा महाधिवेशनहरू स्थगित गर्न निर्देशन दिएको छ ।

    काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी वनाउन खटिनुपर्ने भएकाले अधिवेशन सम्भव नहुने भन्दै पूर्वनिर्धारित अधिवेशनहरू स्थगित गर्न भनेका हुन् ।

    निर्वाचनमा पार्टीका सम्पूर्ण सांगठिनक संरचनाहरू, भातृ संघहरू, शुभेच्छुक संस्थालगायत विदेशस्थित जनसम्पर्क समितिहरूसमेत क्रियाशील रहेको कांग्रेसले जनाएको छ ।

    साथै काँग्रेसले स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै बैठक बसेर अधिवेशन र महाधिवेशनको कार्यतालिका तय गर्न पनि निर्देशन दिएको छ । ‘निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन/महाधिवेशनको कार्यतालिका यथाशिघ्र तय गर्ने गरी पूर्व निर्धारित अधिवेशन/महाधिवेशन हाललाई स्थगित गर्नु हुन सम्बन्धित भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुलाई निर्देशानुसार जानकारी गराइएको छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


    बुधवार, बैशाख २१ २०७९०२:३०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij