Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा उच्च अंकको गिरावट

सेयर बजारमा उच्च अंकको गिरावट

  • सोमवार, बैशाख १९ २०७९

  • 1.1K
    SHARES

  • सेयर बजारमा उच्च अंकको गिरावट

    काठमाडौँ । आज सेयर बजार नेप्से परिसूचक उच्च गिरावट आएको छ । आइतबार सार्वजनिक बिदाका कारण बन्द रहेको कारोबार आज खुलेको हो । आज ४८.७३ अंकले घटेको बजार २ हजार ३०७.४४ बिन्दुमा आएर रोकिएको छ । बजार २.०७ प्रतिशतले घटेको हो ।

    आन कुल २२८ कम्पनीको कारोबार भएको छ । यस दिन कुल ३१ हजार ४०४ वटा कारोबारबाट ३९ लाख ७८ हजार ७९ कित्ता सेयर किनबेच भएको छ । सोमबार कुल १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर १ हजा २५६.८० रुपैयाँ कायम भयो । यस दिन सर्पोट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि बढ्यो ।

    आज नेपाल फाइनान्सको मूल्यमा भने नेगेटिभ सर्किट लागेर ४५९ रुपैयाँमा झरेको छ । युनियन हाइड्रोपावरको मूल्य समेत धेरै घटेको छ । यस दिन अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ ।


    सोमवार, बैशाख १९ २०७९०४:२२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij