काठमाडौँ । सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ।
इस्लाम धर्मालम्बीहरूको पर्व ईद (ईद उल फित्र)का अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।
नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम भोलि बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन्।