काठमाडौं । काठमाडौं महानगरपालिकाका एमाले तर्फबाट मेयर उम्मेदवार केशव स्थापितले बालेन शाहलाई महाठगको संज्ञा दिएका छन् । पत्रकारहरुसँग बोल्दै स्थापितले भने, ‘बालेन शाह भन्ने फुच्चे त अन्तराष्ट्रिय ठग रहेछ’ । मधेशको शाह भएपनि बालेन शाहले आफुलाई काठमाडौंको शाह हुँ भनेर दुनियालाई ठगेर हिडिरहेको स्थापितको दावी छ ।
स्थापितले शाहलाई मधेशको मान्छे हु भन्ने आँट पनि नभएको र जनतासँग आँखा जुधाउन नसकेर शाहले दिनभरि कालो चस्मा लगाएर हिँड्ने गरेको टिप्पणी गरे ।
यस्तै, स्थापितले शाहलाई काठमाडौंको जनसंख्या समेत थाहा नभएको र युवाहरु यस्तो महाठगको पछि लाग्दा देश कसरी बन्छ भनेर प्रश्नसमेत गरे । आफुलाई चुनावमा हराउन सक्ने माईकेलाल अहिले सम्म जन्मि नसकेको भन्दै आफ्नो प्रतिस्पर्दा कसैसँग नभएको स्थापितको दावी छ ।