Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बिहे गरेको एक महिना नबित्दै श्रीमान्–श्रीमती झुण्डिएको अवस्थामा मृत फेला

बिहे गरेको एक महिना नबित्दै श्रीमान्–श्रीमती झुण्डिएको अवस्थामा मृत फेला

  • आइतवार, बैशाख १८ २०७९

  • 988
    SHARES

  • बिहे गरेको एक महिना नबित्दै श्रीमान्–श्रीमती झुण्डिएको अवस्थामा मृत फेला

    काठमाडौं । कैलालीमा एक दम्पती रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । गत चैत २७ मा मात्रै वैवाहिक जीवनमा बाँधिएका श्रीमान्–श्रीमती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    जिल्लाको घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई झुन्डिएको अवस्थामा बझाङको जय पृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंह फेला परेको प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्क विहीन भएका थिए ।

    आइतबार बिहान गोठालाहरूले शव देखेपछि प्रहरीकहाँ खबर पुगेको थियो । डिएसपी जोशीले शव सडेको अवस्थामा रहेकोले केही दिन पहिले नै झुन्डिएको हुन सक्ने बताए । घटनाबारे थप अनुसन्धान भइरहेको समेत बताएको छ ।


    आइतवार, बैशाख १८ २०७९०४:२४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij