Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

समग्रमा तालेमल सफल भयो : कांग्रेस प्रवक्ता महत

समग्रमा तालेमल सफल भयो : कांग्रेस प्रवक्ता महत

  • आइतवार, बैशाख १८ २०७९

  • 520
    SHARES

  • समग्रमा तालेमल सफल भयो  : कांग्रेस प्रवक्ता महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय चुनावमा तालमेल सफल भएको दाबी गरेका छन् ।

    अपवाद बाहेकका ठाउँमा पार्टीको निर्णयलाई स्वीकार गरेर कांग्रेस नेता कार्यकर्ताले स्वीकार गरेको उनले बताए ।

    निर्वाचन प्रचार प्रसार समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘धेरैलाई लागेको थियो यो तालमेल सफल हुन सक्दैन, ठूलो विद्रोह हुन्छ । तर त्यस्तो अवस्था आएन ।’

    कतिपय पालिकामा आफ्नो मतदाता धेरै भएकाले अरुलाई किन प्रमुख दिएको भन्ने भावना पनि रहेको बताए ।

    समग्रमा ठीक भएको भन्दै उनले भने, ‘एकाध स्थानीय तहमा, जहाँ अझै विद्रोही उम्मेदवार हुनुहुन्छ । ती साथीहरुले पनि पार्टी र गठबन्धनले तय गरेको उम्मेदवारको पक्षमा आउनु हुनेछ भन्ने विश्वास छ ।’


    आइतवार, बैशाख १८ २०७९०४:१५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij