Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

लामो समयको संवादहीनता तोड्दै नेकपाका अध्यक्षद्वय ओली-प्रचण्ड बीच चार घण्टा वार्ता

लामो समयको संवादहीनता तोड्दै नेकपाका अध्यक्षद्वय ओली-प्रचण्ड बीच चार घण्टा वार्ता

  • बिहिवार, श्रावण २९ २०७७

  • 730
    SHARES

  • लामो समयको संवादहीनता तोड्दै नेकपाका अध्यक्षद्वय ओली-प्रचण्ड बीच चार घण्टा वार्ता

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार चार घण्टा छलफल भएको छ । बिहीबार बिहन लामो समयको संवादहीनता तोड्दै दुई अध्यक्षबीच चार घण्टा छलफल भएको हो ।

    सवा ११ बजेबाट सुरु भएको छलफल सवा ३ बजेसम्म चलेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार दुई नेताकोबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा कुराकानी भएको छ ।

    ‘पार्टीभित्र देखिएका समस्याहरुको समाधानउन्मुख कोणबाट छलफलको सुरुवात भएको छ भन्ने कुरा आएको छ,’ सापकोटाले जानकारी दिए ।  यसअघि निकास नआउने भेटवार्तामा बस्नुको औचित्य नभएको भन्दै प्रचण्डले निकास आउनेगरी मात्रै वार्तामा बस्ने ओलीलाई सन्देश पठाएका थिए ।

    यसअघि बुधबार प्रधानमन्त्री केपी ओलीले ५ दिनभित्र नेकपामा नयाँ सिनारियो देखिने बताएका थिए । उनले आजैबाट काउन्टडाउन सुरु हुने समेत बताएका थिए ।


    बिहिवार, श्रावण २९ २०७७०३:५०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij