Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गुल्मीको धुर्कोटमा एमाले र माओवादीबीच तालमेल

गुल्मीको धुर्कोटमा एमाले र माओवादीबीच तालमेल

  • शनिवार, बैशाख १७ २०७९

  • 678
    SHARES

  • गुल्मीको धुर्कोटमा एमाले र माओवादीबीच तालमेल

    काठमाडौं – गुल्मीको धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीविरूद्ध नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ।

    यसअघि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र भण्डारी गाउँपालिका अध्यक्षमा उठ्ने निर्णय गरिए पनि वर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका नेकपा माओवादीका भुपाल पोखरेलले उम्मेदवारी दिएका थिए।

    गठबन्धनभित्रैबाट सहमति नजुटेपछि गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका बीचमा तालमेल भएको छ।

    एमालेबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएर माओवादीका पोखरेललाई सहमति गर्ने निर्णय भएको एमाले धुर्कोटका सचिव सूर्य घिमिरेले जानकारी दिएका छन्।

    गाउँपालिका अध्यक्षमा माओवादीका पोखरेललाई समर्थन गरेपछि उपाध्यक्षमा भने माओवादीले एमाले उम्मेदवार सीता गिरीलाई समर्थन गर्ने सहमति गरेको छ।

    त्यस्तै, गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र भण्डारीलाई समर्थन गरेको एकीकृत समाजवादीले नेपाली कांग्रेसको समर्थनमा उपाध्यक्षमा कमला सुनारलाई उम्मेदवार बनाएको छ।

    पोखरेल २०७४ सालमा निर्वाचनमा भने नेपाली कांग्रेसको सहयोगमा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। अघिल्लो निर्वाचनमा माओवादीको समर्थनमा नेपाली कांग्रेसका शिव खत्री उपाध्यक्षमा निर्वाचित भएका थिए।

    निर्वाचित भएपछि विकासनिर्माणका कामसँगै किसान, महिला, युवा लगायतका क्षेत्रमा उल्लेखनिय काम गरेको भन्दै प्रशंसा बटुलेका थिए।


    शनिवार, बैशाख १७ २०७९०३:२४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij